कपिलवस्तु ।सानिमा रिलायन्स जीतपुर शाखाले एक कार्यक्रम गरि हिन्दु महिलाको महान पर्व हरितालिका तीजको अबसर तिज मिलन साथै एजेन्सी सम्मान कार्यक्रम गरेको थियो ।उक्त कार्यक्रममा आर्थिक बर्ष २०८०/०८१ मा उत्कृष्ट कार्य गर्ने ११ जना एजेन्सी म्यानेजरलाई मायाको चिनो सहित सम्मान गरेको छ। तेसै गरि यस नयाँ आर्थिक बर्षको पहिलो महिना उत्कृष्ट काम गर्ने माया पौडेललाई हिरो अफ द मन्थ बाट सम्मान गर्यो !सो कार्यक्रममा प्रदेश प्रमुख इन्द्र बिश्वकर्माले बिमा क्षेत्रमा पहुच नपुगेका लगभग 60% जनतालाई बिमाको दायरामा ल्याउन बिमा अभिकर्ताको अहम भुमिका हुने बताउदै यो पेशा मर्यादित भएको हुँदा सबैलाई प्रेरणा दिदै उत्कृष्ट काम गर्न सल्लाह दिएका थिए ।
सो कार्यक्रम सानिमा रिलायन्स जीतपुर शाखाका शाखा प्रमुख दीपक कुँवरको सन्चालनमा भएको थियो भने ४० जना नयाँ पुराना अभिकर्ता को सहभागीतामा सम्पन्न भएको थियो भने सबै उपस्थित अभिकर्ता कर्मचारी तीजका विभिन्न गीतमा नृत्य गरि तीज मिलन कार्यक्रम सम्पन्न भएको कुरा सस्थाका सागर बन्जाडेले बताएका थिए।