कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ८ मोर्मीमा २२ वर्षीया आशिष रास्कोटीले प्रहरीकै दवाव सहन नसकेर आत्महत्या गरेको भन्दै स्थानीय आक्रोश व्यक्त गरेका छन् ।मोर्मीका स्थानीय र रास्कोटीका घर परिवारले आशिषलाई मोटरसाईकल चोरी गरेको आरोपमा मुद्धा चलान गर्ने र विभिन्न माल समान माग गरि पट्क पट्क टर्चर गरेपछी आत्महत्या गर्न पुगेको आरोप छ ।

विहान आशिषले आत्म हत्या गरेपछी प्रहरी घुमुवा नै आत्महत्या दुत्साहन कारक रहेको स्थानीय र घर परिवार को भनाई छ ।
केहीदिन अघि अर्घाखाँचीको मुस्यानबाट मोटरसाईकल हराएको सामाजिक संजालमा भाईरल बनेको थियो । सो मोटरसाईकल चोरीको आरोपमा रास्कोटी र उनका साथीलाई प्रहरीले अनुशन्धान अगाडी बढाएको थियो ।

अनुशन्धान का क्रममा पट्क पट्क अनावश्यक माग राख्दै दवाव दिएको र दवाव खेप्न नसकेका कारण रास्कोटी आत्महत्या सम्मको निणर्यमा पुगेको स्थानीय बताउछन् । यता रास्कोटीको शव निकाल्न परिवार स्थानीयले अवरोध गरेपछी कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रमुख नवरत्न पौडेलले सम्बन्धीत प्रहरी दोषी भए कानुन बमोजीम कार्वाही गर्ने प्रतिबद्धता पछी शव पोष्टमार्टम गरि अन्तेष्टि गरिएको बताईएको छ ।

उता रास्कोटी भने उक्त मोटरसाईकलमा साथीको लहलहैमा बसेको तर चोरीमा संलङ्खन नभएको एक छिमेकीले बताए । आशिष त्यस्तो गतिविधि गर्ने खालको थिएनन् । घुम्नका लागि मुस्यान पुगेका उनी साथीले मोटरसाईकलमा बस्न भनेपछी बसेको तर उनको संलङ्खनता नरहेको बताईएको छ । यता प्रहरीले भने उक्त मोटरसाईकल सहित ३ जनालाई जग्दिशपुरबाट अरोपीत प्रहरीले नै फेला पारि बुझाएको र मुस्यान यरिया ईलाका प्रहरी कार्यालय ठाडाको भएको हुदाँ घट्नालाई ठाडा लाई जिम्मेवारी दिईएको बताए । घट्नाबारे अझै थप अनुशन्धान हुने र आशिषको अन्य कारण पनी आत्महत्या गरेको हुनसक्ने भन्दै यसको गहिराईमा जाने ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले बताए ।स्रोत : लुम्बिनी दपर्ण अनलाइन