कपिलवस्तु ।
अस्पतालको लापरबाहीले बिहीबार एकजना सुत्केरी आमाको निधन भएको छ । रुपन्देहीको बुटवलस्थित तिलोतमामा भाडामा वस्ने सृजना पौडेलको सुत्केरी हुने क्रममा निधन भएको हो ।
घटना विवरण अनुसार उनलाई सुरुमा सुत्केरी गराउन बुटवलको ओम अस्पतालमा बुधबार साँंझ लगिएको थियो । त्यहाँं सर्जरी गरेर उनले साढे आठ बजे नानी पाएकी थिइन् । आफन्तका अनुसार अपरेशन गरेर होसमा आइ उनी दिउँसो एक बजेसम्म पनि पाएको छोरी हेरेर हसमुख भइ बसेकी थिइन् ।
आफन्त गंगाधर भण्डारीका अनुसार साँंझ तीन बजेपछि चिकिसत्कहरु हडवाडाएको देखियो । त्यसपछि उहाँंलाई आईसियूमा राख्नुपर्ने भन्ने कुरा भयो । तर सो अस्पतालमा आइसियू थिएन । शल्यक्रिया हुने अस्पतालमा आइसियूसम्म नहुनु दुर्भाग्यपूर्ण देखियो, पीडितका दाजु पर्ने गंगाधरले भने, त्यसपछि त्यहाँंबाट रिफर गरेर लुम्विनी अञ्चल अस्पतालमा लगियो ।
त्यहाँं लगेर रगत चेकजाँंच गर्दा रगतमा खराबी देखियो । अपरेशन गर्नु अगाडिसम्म ठिक भएको उनको रगतमा इन्फेक्सन देखियो । उनलाई सेतो रगतको आवश्यकता परयो । यसैका लागि बुटवल रेडक्रसको रक्तसंञ्चार केन्द्रमा पुगेर खोजियो । तर त्यहाँ रगतलाई सेतो बनाउने मेशिन नचलेको रहेछ । त्यसपछि फेरि रगतलाई ह्वाइट रगत बनाउन रगतलाई भैरहवा लग्नुपरयो ।
यसो हुँंदै गर्दा राति १२ बजेमात्रै सेता रगत अञ्चल अस्पतालमा पुगियो तर विडम्वना त्यति बेलासम्म विरामीको निधन भइसकेको थियो । यसरी १२ घण्टाकी शिशु आफनी आमालाई देख्नै नपाई यो संसारबाट विदा लिइन् ।
कुनै अत्यावश्यक पूर्वाधार नभई किन हस्पिटलमा बिरामी भर्ना लिने र प्रसूति सेवा दिइरहेको भन्दै आफन्तहरु सुरुमा उपचार सेवा दिएको ओम अस्पतालप्रति रुष्ट भएका छन् । दिउँसोसम्म केही नभएकी सुत्केरीको तीन बजेबाट पिशाव च्यापिएर समस्या भयो भन्दै स्वास्थ्य अवस्था चिन्ताजनक पारेर मृत्युको मुखसम्म पुरयाएकोमा आफन्त आक्रोशित छन् ।
अकस्मात स्वास्थ्य जटिल भएको र त्यहाँदेखि लुम्विनी अंचल शिफ्ट गरेको केही घण्टाभित्रै अकस्मात मृत्यु भएको भन्दै आफन्तहरु दोषिमाथि कारबाहीको पक्षमा छन् । एउटा चलतीफिरती नारी यसरी एउटा १२ घन्टाकी नानीलाई टुहुरो बनाएर जानुको यस घटनाले नेपालको र खासगरी अञ्चलको स्वास्थ्य सेवाप्रति विश्वाश अझै घटेको उनीहरुले बताए । एउटा आइसियु नै नभएको अस्पतालमा शल्यक्रिया गर्न दिने व्यवस्था, ब्लड बैङ्कमा सेतो प्लेटलेट्स बनाउने मेशिन नै नचलेको अवस्थाले अकालमा ज्यान गुमेको भन्दै आफन्तले दुःख व्यक्त गरे ।
मृत्यु भएकी सृजनाको यो दोश्रो सन्तान हो । उनको यसअघिकी ६ वर्षीया छोरी छिन् । तर उनी पनि अटिजमकी विरामी हुन् । यसले ती दुवै छोरीको भविष्य अन्धकार भएको छ । दुवैको पालनपोषण कसरी र कसले गरिदेला भन्ने चिन्ता छाएको छ ।