साझा डायरी,बाणगंगा ।

बाणगङ्गा ८ बोडगाउँ मा रहेको एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटले सधैंकाे बर्ष जस्तै याे २०८१ काे लागि १०जनालाई ५०%छुटमा कम्प्युटर शिक्षाको लागि DCA काेर्षकाे छात्रबृत्ति दिएको छ । मेहेनति र लगनशिल र दलित कोटाका आधारमा १०जना छात्र/ छात्रालाई छात्रबृत्ति दिने संस्थाका सञ्चालक तथा अध्यक्ष राहुल शर्माले जानकारी दिनुभएकाे छ ।

एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटले प्रत्येक बर्ष छात्रबृत्ति दिदै आएको र याे बर्ष पनि दिने ईन्स्टिच्युटका डाइरेक्टर शर्माले जानकारी दिनुभयो । बिगत लामो समयदेखि विद्यार्थीको इच्छा र माग अनुसारका कम्प्युटर सम्बन्धि विभिन्न विषयमा सेवा दिदै आइरहेको एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटले अहिले जिल्लामै नयाँ र जिवनपयोगी कोर्शहरु ल्याएको छ। कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं.८ बोडगाउँ र बाणगंगा वडा न. ७ बन्गाईमा रहेको यस इन्स्टिच्युटमा अहिले पनि कम्प्युटरका विभिन्न नयाँ नयाँ कोर्श थप्दै विद्यार्थीहरुको लागी सेवा दिदै आइरहेको छ ।परिक्षा दिएर बसेका विद्यार्थीहरूले खाली समयलाई सदुपयोग गर्दै सीप, दक्षता हासिल गर्न सकिने गरेको ईन्स्टिच्युट ले जनाएको छ ।

ईन्स्टिच्युटले जिल्लामै कम्प्युटर सम्बन्धि नयाँ नयाँ विषय ल्याइ विद्यार्थीको मन जित्न सफल भएको छ ।परिक्षा दिएर बसेका विद्यार्थीहरूले खाली समयलाई सदुपयोग गर्दै सीप, दक्षता हासिल गर्न सकिने गरेको ईन्स्टिच्युट ले जनाएको छ । पाँच वर्षको अवधिमा करिब १५ सय विद्यार्थी लाई कम्प्युटर सम्बन्धि विभिन्न सिप प्रदान गरीसकेको यस इन्स्टिच्युटमा अहिले पनि ४ सय बढी विद्यार्थीहरु विभिन्न कोर्शमा अध्यानरत रहेको इन्स्टिच्युटका डाइरेक्टर शर्माले बताउनु भएको छ । इन्स्टिच्युटमा कपिलवस्तु सहित छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, गल्मी, रुपन्देही लगायत विभिन्न जिल्ला बाट कलेज पढ्न आएका विद्यार्थीहरुले उक्त इन्स्टिच्युट बाट विभिन्न कोर्शहरु गरेको उहाँले बताउनु भएको छ ।”डाइरेक्टर शर्माले भन्नु भयो ” अहिले कम्प्युटरको युग हो त्यसैले हामि विद्यार्थीको माग अनुसारका नयाँ नयाँ विषय ल्याइरहेका छौं। गरिव जेहेन्दार विद्यार्थीको लागि अझ छुटको समेत व्यवस्था गरिएको छ ।” उहाँले भन्नुभयोअहिले एन्जल्स कम्प्युटर ट्रैनिङ ईन्स्टिच्युटमा अफिस प्याकेज, ग्राफिक, एकाउन्टिङ र भिडियो ग्राफिक लगायत विभिन्न विभिन्न कोर्षहरुको कक्षाहरू संचालन भैरहेको ईन्स्टिच्युटका डाइरेक्टर राहुल शर्माले जानकारी दिनुभयो ।