साझा डायरी अनलाइन, जितपुर ।
क्लिक ईन्टरनेशनल एजूकेशनले यहि शुक्रबार एक कार्यक्रम आयोजना गरी नवौं बार्षिकोत्सब मनाउने भएको छ। काठमान्डौं,बुटवल र कपिलवस्तु बाट बिद्यार्थीहरुलाई सेवा दिदै आएको यस क्लिक ईन्टरनेशनल एजूकेशनको चैत्र ९ गते नवौं बार्षिकोत्सब मनाउने एमडि गोबिन्द खनालले जानकारी दिनुभयो । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि बिदेशका बिभिन्न शहरमा जाने बिद्यार्थीहरुको संख्या बढ्दै गएको छ ।

यसैबिच बिद्यार्थीहरुको रोजाईमा पर्दै गएको क्लिक ईन्टरनेशनल एजूकेशनमा हाल जापानिज भाषा, आयल्स र पिटिईका कक्षाहरु सन्चालन भैरहेको कपिलवस्तु शाखा प्रमुख पृथ्वी पौडेलले साझा डायरी संग बताउनुभयो ।प्रमुख पौडेलका अनुसार क्लिक ईन्टरनेशनल एजूकेशनले अन्य एजुकेशनल संस्थाहरु भन्दा बिद्यार्थीहरुको शुल्कमा बिशेष छुट दिएको बताउनुभयो । पौडेलले बिद्यार्थीहरुको भिजा (ईन्टेक) निश्चित नभएसम्मनै भाषा अध्ययनका अतिरिक्त शुल्क नलिएको र समय पनि नतोकिएको बताउँदै बिद्यार्थीहरुले ढुक्कका साथ भाषा अध्ययन गर्न पाउने र आफ्नो रोजाई अनुसारको कुनै पनी शहर छान्न पाउने कुरामा विश्वस्त रहन आग्रह गर्दै यस बार्षिकोत्सबमा नयाँ बिद्यार्थीहरुलाई विभिन्न प्रकारका उपहार समेत लिएर आएको जानकारी गराउनु भयो ।