कपिलवस्तु ।
कपिलवस्तुको वाणगङ्गामा रहेको मायादेवी साझेदारी वनमा अहिले झाडी सरसफाई अभियानलाइ तिब्रता दिइएको छ। यस मायादेवी साझेदारी वनको पटना क्षेत्र अन्तर्गत १० बर्षे वन व्यवस्थापन भएपचात् त्यसको निरन्तर काम मध्ये झाडी सरसफाईमा साझेदारीका सम्पूर्ण समितीहरु तथा कर्मचारीहरु अग्रसर रहेकाछन् । उक्त साझेदारीले वनमा अनावश्यक झाडि फाँडेर सरसफाइ समेत गरिएको छ । त्यति मात्र हैन वर्षेनी रूख काटिरहने तर काटिए जति बिरुवा नरोप्ने प्रचलनले वन क्षेत्र मासिदै गैरहेको समयमा मायादेवीमा भने खाली ठाउँमा प्रशस्त बिरुवा रोपिएको हो ।
![](https://sajhadiary.com/wp-content/uploads/2024/03/WhatsApp-Image-2024-03-14-at-21.35.04_37ed6015-1024x576.jpg)
वन जन्य स्रोतको सही सदुपयोग गरेर जिल्लामै नाम कमाउन सफल भएको यस वनले पछिल्लो समय वन व्यवस्थापनको लागि विभिन्न उत्कृष्ट कार्य गर्दै आइरहेको यस वनले झाडी सरसफाई बाट त्यहाँका उपभोक्ताहरुलाई सहज तरिकाले रोजगारी मिल्नुका साथै वन व्यवस्थापन गरिसकेपछि आर्थिक लाभ,सामाजिक लाभ तथा घर बनाउनका लागी पाउनुपर्ने काठ सहज तरिकाले आपूर्ति गर्न सफल भएको वनका अध्यक्ष दिनेश जयसवालले बताए।
![](https://sajhadiary.com/wp-content/uploads/2024/03/WhatsApp-Image-2024-03-14-at-21.35.02_54af2717-1024x576.jpg)
उनले आफू अध्यक्ष भएर आएदेखि वनलाई व्यवस्थित बनाउन आफू र सिङ्गो टिम लगातार खटिरहेको समेत बताए । अध्यक्ष जयसवालले भने, “हाम्रो वनमा साधन स्रोत प्रशस्त छ, यसको सही सदुपयोग गर्नेमा हामी सचेत छौँ । वनको सही व्यवस्थापन गर्न हामिले अहिले झाडि सरसफाइ लाई तिव्र रुपमा अगाडि बढाई रहेका छौँ ।”
![](https://sajhadiary.com/wp-content/uploads/2024/03/WhatsApp-Image-2024-03-14-at-21.35.05_38ec9f81-1-1024x576.jpg)
अहिले वनमा साल, सिसौ, खयर, अमला लगायत विभिन्न प्रकारका काठ र फलफूल जन्य बिरुवाहरू समेत लगाएको उहाँले बताए । लगाएका बिरुवाको संरक्षण र संवर्द्धन गर्न पनि आफूहरूले विभिन्न योजनाका साथ काम गरिरहेको बताए ।अध्यक्ष जयसवालले एयटा रुख काटे बापत् हजारौ विरुवाहरु हुरकाउनु पर्ने बताए । उनले मायादेवी साझेदारीका सम्पूर्ण उपभोक्ताहरु ,जन्ताहरु लगायत सम्पूर्णहरुलाई अब आउदै गरेको गर्मी यामसँगै हावाहुरी बढी चल्ने र वन डढेलो लाग्ने जोखिम पनि उच्च हुने भएकोले लाइटर,सलाई,हात ,हतियार लगायतका निशेधित वस्तुहरु लिएर वन क्षेत्रमा प्रवेश नगर्न अपिल समेत गरेका छन् ।
![](https://sajhadiary.com/wp-content/uploads/2024/03/WhatsApp-Image-2024-03-14-at-21.35.05_40cc9222-1024x576.jpg)