कपिलवस्तु ।

यशोधरा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा अतिक्रमण क्षेत्रमा काँडेतार तथा सरसफाई अभियान सुरु गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं. १० मा ३०.७५ हेक्टर क्षेत्रफलमा रहेको यशोधरा सामुदायीक वनले वनलाइ अतिक्रमण गर्नेहरुलाइ हटाई वन क्षेत्रलाइ संरक्षण गर्नका लागी काडेतार तथा झाडी समेत सरसफाइ गरेको उक्त सामुदायीक वनका अध्यक्ष धर्मेन्द्र यादवले बताउनु भयो । उहाँले बषौ देखि वैज्ञानिक वन व्यवस्थापनमा दर्ता रहेको तर आज सम्म कुनै पनि वन सम्बन्धी विकासका काम नभएकाले यशोधरा वन पछाडी पर्दै आएको बताउदै आफ्नो कार्यकाल सम्ममा यस वन क्षेत्रलाई संरक्षण गरि वन विकासमा लाग्ने बताउनुभयो । उहाँले आफू आइसकेपछि वनलाई संरक्ष्ण गर्न तारबार,वृक्षरोपण,सरसफाई अभियान चलाउदै आएको र उक्त वनका उपभोक्ताहरुलाइ मध्यनजर गर्दै खेलकुद फिल्ड समेत व्यवस्थापन गरेको जानकारी दिनुभयो ।

सरसफाईमा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी सदस्यहरु लगायत सरोकारवाला स्थानीय वासिन्दाहरुको समेत वनक्षेत्र वरवर सरसफाई अभियानमा सहभागिता रहेको थियो । विभिन्न वोट विरुवाहरु संरक्षण गर्न यशोधरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धर्मेन्द्र यादवको संयोजकत्वमा अभियान चलेको थियो ।