अभिषेक मणि यादव,कपिलवस्तु।

महाराजगंज मा रहेको फलाहारी बाबा बहुमुखि क्याम्पसको १२ कोठे भवन निर्माण शिलान्यास भएको छ । महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलामले एक समारोहबीच फलहारी बाबा बहुमुखी क्याम्पस भवनको शिलान्यास गर्नुभएको हो ।दुई तल्ले १२ कोठे भवनको पहिलो चरण अन्तरगत ७४ लाखको भुइतल्ला भवन सिलान्यास गरेको मेयर अब्दुल कलामले बताउनुभयो ।

फलाहारी बाबा बहुमुखि क्याम्पसका सञ्चालक समिति अध्यक्ष श्याम सुन्दर चौधरीको अध्यक्षतामा भएको उक्त शिलान्यास कार्यक्रममा महाराजगंज नगरपालिका उप प्रमुख रिता कुमारी चौधरी, पूर्व राष्ट्रिय सभा सदस्य दृर्ग नारायण पाण्डे ,वडा नं.१ का वडा अध्यक्ष प्रमोद चौधरी , ११ नं. वडा सदस्य अवधेश यादव, क्याम्पस प्रमुख सूर्यलाल कशौधन , स्ववियु अध्यक्ष अभिषेक मणि यादव ,इन्जीनियर सुनिल के.सी. लगायतको सहभागिता रहेको थियो ।

सो योजना न्यु चौधरी निर्माण सेवाले निर्माणको जिम्मा पाएको र योजना २०८१ मंसीर २१ गते सम्पन्न हुनेछ । क्याम्पसमा विद्यार्थीहरुलाई पठन पाठनमा समस्या हुदै आएको अवस्थामा १२कोठे भवन निर्माण कार्य सुरु भएपछी विद्यार्थी, शिक्षाप्रेमी र महाराजगंज नगरवासीहरु खुसी भएका क्याम्पस सञ्चालक समिति अध्यक्ष श्याम सुन्दर चौधरीले बताएका छन्।