पशुपति गिरी,कपिलवस्तु। कपिलवस्तु ट्यालेन्ट हन्ट मेघा अडिसनकाे सेमिफाइनल फागुन ७ गते बाणगंगाकाे पिस हिमालयन रिसोर्ट चार नम्बरमा सम्पन्न भएको छ ।

केबी डान्स स्टुडियाे बुटवल र Rks Group काे सयुक्त आयाेजनामा भैराखेको singing , dancing र modeling ईभेन्ट साे कपिलवस्तु मा भैराखेकाे हाे ।उक्त साेकाे आज फागुन ७ गते सेमिफाइनल भएको हाे भने फाइनल यहि फागुन १५ गते सम्पन्न हुने उक्त साेका ईभेन्ट डाईरेक्टर बिकी परियारले बताएका छन् ।

उनले पछिल्लो समय लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा १८ वटा भन्दा बढी ईभेन्ट साे गरिसकेकाे बताएका छन् । विभिन्न जिल्लामा कार्यक्रम गर्ने क्रममा यतिबेला कपिलवस्तु जिल्लामा पनि गर्न लागिरहेको हाे ।

उक्त साेमा प्राय गरेर बाणगंगा नगरपालिकाका स्कुलहरू मध्ये बाणगंगा माध्यमिक विद्यालय, हिलबर्ट बोडिङ ,बालज्याेती , हाेराईजन माध्यमिक विद्यालय लगायत बाट सहभागी भएका छन् ।यश साे काे फाईनल अडिसनका लागि आज सेमिफाइनल बाट डान्सिङ तर्फबाट ६ जना त्यसैगरी सिङ्गिग तर्फ १८ जना र माेडलिङ् तर्फबाट ६ जना प्रतियाेगीहरू छनाेट गरिएकाे उक्त कार्यक्रमकि संयाेजक तथा कलाकार अन्जु रसाइलीले बताउनुभयो ।फाईनल अडिसन यहि फागुन १५ गते मगर दिवसको दिन हुने भएकाे र उक्त फानल अडिसनका लागि राष्ट्रिय तथा स्थानीय कलाकार समेत आउने भएका छन् । उक्त साे फरक र बिशेष हुनेछ ।

फाइनल बाट छनाेट भएर प्रथम हुनेलाई डान्सिङमा रु. १५ हजार त्यसैगरी म्युजिक भिडियो,सर्ट भिडियो लगायत पुरस्कार त्यस्तै सिङ्गीन तर्फ प्रथम हुनेलाई गिफ्ट ह्यम्पर क्यास प्राईज , इनडाेर फाेटाेसुट , स्टेज प्राेग्राम लगायत पुरस्कार रहेको र अन्य प्रतियाेगीहरु मध्ये तृतीय र सान्त्वनामा आउने प्रतियाेगिले पनि पुरस्कार प्राप्त गर्ने ईभेन्टका डाईरेक्टर बिकी परियारले बताउनुभयो । इभेन्टका डाइरेक्टर बिकी परियार , डान्सर काेरियाेग्राफर youdin khadgi, म्यानेजर तथा कलाकार अन्जु रसाइली ,काेडिनेटर रामु खनाल लगायतले नयाँ नयाँ प्रतिभाहरू खाेजने र उक्त प्रतिभालाई बाहिर सबै सामु चिनाउने काम गर्दै आएकोले यतिबेला कपिलवस्तुमा पनि कार्यक्रम काे तयारी गरिरहेकाे छ । अझै पनि काेहि यस साे मा भाग लिने इच्छुक भएमा टिमलाई सम्पर्क गर्न सक्ने आयाेजकले जानकारी दिएको छ।