कपिलवस्तु ।

कपिलवस्तुको बाणगङ्गा वडा नं ११ ओदारीबाट दुई दिन अगाडि देखि बेपत्ता भएका शिक्षक विमलराज आचार्य मृत अवस्थामा भेटिएका छन् । उनी दाङको गढवा गाउँपालिकाको वडा नं २ झरौनि खोलामा बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।आचार्यले बाणगंगाको ओदारी माविमा अध्यापन गराउँदै आएका थिए । शिक्षक आचार्यको मोटरसाइकल बाटोको छेउमा पार्किङ गरेको अवस्थामा विहीबार देखिनै रहेको थियो ।

दुई दिन सम्म बाटोको छेउमा मोटरसाइकल देखेपछि प्रहरीले खोजतलास गर्दा उनको शव भेटिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविना वलिले जानकारी दिइन् । मृतक आचार्यको साथमा रहेको मोबाइलबाट पत्ता लगाई आफन्तलाई खवर गरिएको उनले जानकारी दिइन । उनले शव नखोलिएको बताउदै, आफन्त आउनसाथ शव खोलिने र पोष्टमार्टम पछि जिम्मा लगाईने उनले बताइन ।