कपिलवस्तु।
सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडे वाणगंगा कपिलवस्तुले दोश्रो प्रगतिनगर महोत्सवमा सहकारी बजार सञ्चालन गरेको छ ।माघ २६ गतेदेखि फागुन ७ गतेसम्म संचालन हुने प्रगतिनगर महोत्सवमा सहकारीले कपिलवस्तुको बोर्डगाउँमा सञ्चालन गरेको सहकारी बजार अन्तर्गत गुणस्तरीय खाद्यान्न लगायतका भान्सामा प्रयोग हुने वस्तुहरु स्थानीयलाई उचित मुल्यमा उपलब्ध गराउने उद्देश्यका साथ महोत्सवमा उक्तसहकारी बजार सञ्चालन गरिएको सहकारीका व्यवस्थापक दिनामणी खनालले बताउनुभयो ।

सहकारी बजारमा स्वदेशकै हिमाली र पहाडी क्षेत्रमा उत्पादन भएका कोदो ,फापर,टिमुर,गहत दाल,भागो ,पहाडी सेतो मकै,मकै आटा,लुक्ला सिमि ,आलस,झिलिङ्गा दाल,भट्मास ,सिङ्की ,मसौरा ,मौरिको मह लगाएतका थुप्रै गेडागुडीहरु उपलब्ध रहेको सहकारीका परियोजना संयोजक  प्रकाश आचार्यले जानकारी दिनुभयो ।