कपिलवस्तु ।

समृद्ध वाणगंगाको मुल आधार, आर्थिक सामाजिक रुपान्तरण सहितको पुर्बाधार भन्ने मुल नाराका साथ बाणगंगा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको प्राबिधिक सहयोगमा बाणगंगा नगरपालिकाको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।बाणगंगा नगरको आर्थिक बर्ष २०८०/८१ को बिकास निर्माण सम्बन्धि कार्य नगरपालिकाको सेवा प्रवाह, सेबाग्राहिको संतुष्टि तथा पारदर्शी वृद्धि गर्ने उद्देश्यले सिद्धार्थ क्याम्पसको सभा हल बुङचिमा सार्बजनिक सुनुवाइ कार्यक्रम सप्पन्न गरेको हो ।

कार्यक्रममा बाणगंगा नगरका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कार्यक्रमको उद्देश्य तथा राज्यले संचालन गरेका सेवा प्रवाहलाई मुर्तरुप तथा सेवाग्राही नागरिकको सन्तुष्टि प्रदान गर्ने काम कार्यालयको हुने बताउनुभएको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष हरि अधिकारीले नागरिक प्रतिबेदन र कोषाध्यक्ष मोहन बेल्बासेले बहिर्गमन प्रतिबेदन बाचन गर्नुभएको थियो ।

सार्बजनिक सुनुवाइ कार्यक्रममा नगरबासिले छाडा चौपाया ब्यबस्थापन, नदिजन्य पदार्थको चोरी निकासी, बिधुत चुहावट, फोहोरमैलाको उचित ब्यबस्थापन, गुणस्तरीय सडक, नगर चक्रपथ, अव्यवस्थित बसोबास, नगर बस संचालन, औद्योगिक क्षेत्र, सार्बजनिक शौचालय, शिक्षा, स्वास्थ, सिंचाइको समस्या जस्ता जिज्ञासा एबम गुनासो नगरका मेयर चक्रपाणि अर्याल समक्ष राखेका थिए । नगरबासीबाट आएका गुनासोमा छाडा चौपायाको ब्यबस्थापनको विषयमा नगर प्रबक्ता बिष्णु प्रसाद पौडेलले नगरबाट बजेट बिनियोजन भै पशुपंछिको तथ्यांक संकलन भै काम अगाडि बढेको बताउनुभयो ।

मेयर अर्यालले नदिजन्य पदार्थको टेन्डर भै काम भएको र अव्यवस्थित बसोबासी सम्बन्धमा सरकारको अस्थिरताको कारण काम हुन नसकेको बताउनुभयो । कार्यक्रम पत्रकार पार्बती पान्डेको सहजिकरणमा भएको थियो ।कार्यक्रममा बाणगंगा नगरपालिकाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, टोल विकास समितिका अध्यक्षहरु, बिद्यालयका प्रधानाध्यापक, राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार तथा नगरवासी लगायतको उपस्थिती रहेको थियो ।