कृष्णनगर ।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर स्वास्थ्य चौकीको हलमा महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम सम्पन्न गरेको छ।

कार्यक्रममा बाल विवाह बिरूद्ध कानूनी प्रावधान, महिला हिंसा तथा घरेलु हिंसा भएमा कानूनी प्रावधान , भ्रूण पहिचान विरूद्ध कानूनी प्रावधान, मुलुकी ऐन, तथा हिंसा भएमा कहाँ र कहिले उजुरी दिने जस्ता कुरामा सहभागी महिलालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी बरिष्ठ नायब निरिक्षक ऋषि पछाईले सहजीकरण गरेका थिए।

संविधानमा महिला सम्बंधि हक, न्यायिक समितिको काम कर्तव्य अधिकार, वहु विवाह, दाइजो प्रथाले समाजमा पारेको प्रभाव लगायतका बिषयको बारेमा कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले सहजीकरण गर्नुभयो।

तालिममा सहभागीहरूले महिलाको हक अधिकार सम्बन्धि कानूनको बारेमा विस्तृत जानकारी दिएकोमा हार्दिक आभार व्यक्त गर्दै गाँउ घरमा गएर समेत कानूनी प्रावधान सम्बन्धि जानकारी दिने सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका थिए।कृष्णनगर नगरपालिकाको आयोजनामा दुई दिने तालिममा करिब ४० जना महिलाहरूको सहभागी रहेका थियो भने अन्य व्यवस्थापनको भूमिका समेत कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले निर्वाह गर्नुभयो।