रिता खनाल।

कपिलवस्तुको बाणगंगा ४ जितपुरमा अवस्थित न्यु अप्सन फेसन डिजाइन बुटिकले आफ्नो वार्षिक उत्सवकाे अवसर पारेर उत्तमनगर डाँडाखाेला निवासी ३० जना गरिब अार्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई उत्तमनगर अाधारभुत स्वास्थय सेवा केन्द्रकाे हलमा न्यानाे कपडा तथा स्टेशनरीका सामन निशुल्क वितरण गरेकाे छ । वडा नं. १ कि वडा सदस्य टाेपकला जिसी ,टाेल अध्यक्ष अन्जना पहराई उक्त बुटिकका प्राेपराईटर सुरेस क्षेत्री , डिजाईनर अम्बिका क्षेत्री, बुवा हरिबहादुर क्षेत्री पत्रकार तथा राष्ट्रिय संगितकर्मी संघकी महिलाउपाध्यक्ष रिता खनालकाे उपस्थितमा न्यानाे कपडा तथा स्टेशनरीका सामन वितरण गरिएको हाे।
पार्टी प्यालेसमा गएर पैसा खर्च गर्नु भन्दा गरिब तथा विपन्न वर्गका बालबालिकालाई सहयोग पनि हुने भएकाले थाेरै भएपनि केही सामन अाफुले गरिब बालबालिकालाई बितरण गर्ने बुटिक का प्राेपराईटर सुरेस क्षेत्रीले बताउनु भयो ।


पछिल्लो समय निकै चर्चामा अाईरहेकाे अप्सन बुटिकले यतिबेला कपिलवस्तुमाअाफ्नाे छुट्टै पहिचान बनाउन शफल भएको छ। युवा ब्यवसाय तथा समाजसेवी श्रीमान सुरेस क्षेत्री रश्रीमती अम्बिका क्षेत्रीकाे अथक प्रयास मिहेनत र सहकार्यले अप्सन बुटिकले शफलता हासिल गरेकाे हाे । निकै चर्चा बटुलेकाे अप्सन बुटिक ग्राहकवर्ग युवा युवती बुढा बुढीकाे राेजाई बनेकाे छ । अैले अप्सन बुटिककाे नाम ब्यापक भएको छ । स्थापना कालको दाेस्राे बर्षमा अप्सन बुटिकले पछिल्लो समय कपिलवस्तु , बुटवल अर्घाखाँची , मात्र नभएर देश तथा बिदेशमा अाफ्नाे डिजायनहरु पठाउन शफल भएको छ।


यतिबेला उक्त बुटिकले बेरोजगार महिलाहरूलाई राेजगार पनि दिईरहेकाे छ । काेभिडकाे बेलामा धरासायी अवस्थामा पुगेकाे ब्यवसायीलाई बिस्तारै चलायमान बनाउनका लागि उक्त बुटिकका प्राेपराईटर सुरेस क्षेत्री र डिजाईनर अम्बिका क्षेत्रीले अथक प्रयास र मिहेनतका साथमा ब्यवसाय संन्चालन गरेकाे उहाँले साझा डायरीलाई बताउनु भयो । यतिबेला याे जाेडी नमुना जाेडिका रुपमा स्थापित भएको छ । सानै उमेरमा समाजसेवीमा रुची राखेका श्रिमान सुरेस क्षेत्री र श्रीमती अम्बिक क्षेत्री पनि बुटिक डिजाइन गर्नमा निकै ब्यस्त उनी समाजसेवा मा पनि उत्तिकै रुचि राख्छिन् । समाजका लागि पनि केही गर्ने उदेश्यले अाफुले गरेकाे कार्यबाट केही प्रतिशित रकम गरिबका नाममा खर्च गर्ने सुरेस क्षेत्रीले बताउनु भयाे ।भाेलिका दिनमा पनि अप्सन बुटिकले कपिलवस्तु जिल्लामा उत्कृष्ट कार्य गर्नुका साथै उत्कृस्ट अप्सन बुटिकका रुपमा स्थापित गराउन र शफल ब्यवसाय र समाजसेवामा अाफु समर्पित हुन श्रिमान श्रीमती दुबै जनाले अथक प्रयास र मिहेनत गर्ने सुरेस क्षेत्रीले बताउनुभयाे ।