कपिलवस्तु ।

सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो  वार्षिक साधारण सभा भव्यताका साथ यहि पौष २१ गते सनिवार गर्दैछ।  सेवा क्षेत्र अन्तर्गत एकाईगत रुपमा बाणगंगा नगरपालिका वडा नं. १, २, ३ र ४ को जुतपुर स्थित कार्यालय प्रांगणमा , वडा नंं. ५, ६, ७ र ९ को जनचेतना आधारभुत विद्यालयमा, वडा नंं. ८ को जलेश्वरधाम बोडगाउँमा, वडा नं.१० र ११ को प्रगतिनगरमा एकैसाथ वार्षिक साधारण सभा सम्पन्न गर्न लागेको छ।

साधारण सभामा गत आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण प्रतिवेदन , त्यस्तै कार्यक्रममा चालु आर्थिक बर्ष २०८०/८१ को वार्षिक निति तथा कार्यक्रम,  लाभांस वितरण सम्बन्धमा, संस्थाको विनियम संशोधन सम्बन्धमा, नीति तथा कार्यविधि संशोधन सम्बन्धमा, आर्थिक बर्ष २०८०/८१ को लेखा परिक्षक नियुक्ती र नीजको पारिश्रमिक तोक्ने सम्बन्धमा, दीर्घकालीन सम्पत्ति खरिद एवं दीर्घकालीन ऋण लिने सम्बन्धमा र साधारण सभाको एकाई बैठकको निर्णय लगायत विविध विषयमा एकाईगत रुपमा छलफल गरिने कार्यक्रम तय भएको व्यवस्थापक दिनामणी खनाल ले जानकारी दिनुभयो।

साधारण सभामा संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले तयार पारेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष चिरञ्जिवी पन्थले तयार पारेको आर्थिक प्रतिवेदन, लेखा समिती संयोजक डि.बी. रेश्मीले तयार पारेको वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरिने छ ।

बहुउदेश्यीय विधामा लुम्विनी प्रदेशकै उत्कृष्ट कार्य सम्पादन गर्ने सहकारीको रुपमा सिनर्जी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड कपिलबस्तुलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट सहकारी घोषणा गरिएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालको २० औ बार्षिक साधारण सभाको अवसर पारी उत्कृष्ट सहकारी घोषणा गरिएको हो । सहकारीमा साढे दश हजार बढि शेयर सदस्य रहेका छन।