चेतन विष्ट, कपिलवस्तु ।
बाणगंगा नगरपालिका सहित समग्र कपिलवस्तुकै प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपायाको व्यवस्थपनमा बाणगंगाले अहिले तिव्र गतिमा काम गरिरहेको छ । चौपायाका कारण खेतिबाली नष्ट, सडक दुर्घटना, सडक फोहोर लगायत विभिन्न समस्या बढ्दै गएपछि अहिले नगरपालिका तातिएको हो ।

यसैबिच बाणगंगा नगरपालिका भित्र अहिले ६ सय छाडा पशुचौपायाको अल्पकालिन व्यवस्थापन गरिएको छाडा पशुचौपाया नियन्त्रण तथा व्यवस्थापन समिति संयोजक तथा बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनुभयो । नगर भित्रका विभिन्न ७ ठाउँमा गरेर ६ सय चौपायाको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । नगर प्रवक्ता समेत रहनुभएका पौडेलले छाडा पशुचौपाया नियन्त्रण तथा व्यवस्थान समितिले नगरभित्रका १० हजार घरमा पशुचौपायाको तथ्याङ्क सङ्कलन गरेको पनि बताउनुभयो ।अब दिर्घकालिन व्यवस्थापनका लगि नगरपालिका सङ्ग बजेट माग गर्ने जनाइएको छ । ठुलो सङ्ख्यामा छाड चौपाया रहेकोले भौतिक संरचना र जनशक्तिको लागि अवश्यक बजेट माग गर्ने पनि व्यवस्थापन समितिले बताएको छ ।