पौष ४,बाणगंगा ।
लागूऔषध ब्राउन सुगरसहित कपिलवस्तुबाट इलाका प्रहरी कार्यलय पिपराले एक जनालाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका वडा नं.११ भैसटा स्थितमा पचेहरा आउदै गरेको समयमा ब्राउन सुगरसहित कपिलवस्तु नगरपालिका वडा नं. ९ का २५ वर्षीय युवराज थारुलाई आज बुधबार प्रहरीले पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा थारुले चलाई ल्याएको लु २५ प २७०६ नं. को मोटरसाइकलमा लुकाई छिपाई राखेके अवस्थामा ८ ग्राम ८९०मिलीग्राम ब्राउन सुगर फेला परेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझिले साझा डायरी अनलाइनलाई जानकारी दिए ।पक्राउ परेको थारुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।