बाणगंगा ।
वाणगंगा नगरपालिका ( ९ भर्लाबासमा रहेको खुत्खुते सामुदायिक बन उपभोक्ता समुहले बन सम्बर्द्धन प्रणालीमा आधारित बन ब्यबस्थापन बनको ३ वटा ब्लक मध्येको एउटा ब्लकमा झाडि सफाई गर्ने काम गरेको छ ।

बाणगंगा नगरपालिका ( ९ मै यसै सामुदायिक वनले बन सम्बर्द्धन प्रणालीमा आधारित बन ब्यबस्थापनको शुरूवात गरेको थियो ।यस सामुदायिक वनमा २ सय ४ वन उपभोक्ता रहेका छन् ।यस बनको श्रोतबाट गाउँमा सडक बिस्तार ,सिचाइ नहर निर्माण ,बनका बिपन्न उपभोक्तालाई सहयोग गरि रचनात्मक काम गर्दै आएको छ साथै डिभिजन वन कार्यालय कपिलवस्तुबाट पुरस्कृत भै जिल्ला मै अब्बल सामुदायिक बनको रूपमा परिचित छ ।