कपिलवस्तु ।

बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी १४ औं कपिलवस्तु महोत्सवको आइतबार विशेष समारोहका बीच समापन हुने भएको छ ।

समग्र कपिलवस्तु जिल्लाको प्रचार प्रसारसँगै स्थानीय उत्पादनको प्रचार, प्रसार र प्रवद्धनमा टेवा दिने उद्देश्यले १४ औं सँस्करण मध्ये वेलफेयरको आयोजनामा छैठौ पटक आयोजना गरिएको महोत्सवको नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले आज दिउँसो १ः०० बजे समापन गर्ने कार्यक्रम तय भएको महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए ।

युवा स्वरोजगारको बलियो आधार, उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन भन्ने नाराका साथ महोत्सवको नेतृत्व आफूले गरेको महोत्सव सफलता उन्मुख रहेको खाँणले बताए । ७ औं कपिलवस्तु महोत्सव, ९ औं, ११ औं गरी तीन वटा महोत्सवको सफल नेतृत्व गरेको १४ औं कपिलवस्तु महोत्सव पनि सफल भएको बाणगंगाका अगुवा बुद्धिजीविहरुले बताएका छन् ।

समापन सत्रमा कपिलवस्तु जिल्लाका संघीय सांसद तथा प्रदेश सांसद जिल्लाका राजनीतिक दल, संघसंस्था तथा सामाजिक व्यक्तित्वहरुको सहभागिता रहने छ । यसैबीच महोत्सवको १० दिन शनिबार महोत्सवको करिब १५ हजार दर्शक र ५० लाख बढीको कारोबार भएको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा (दिनेश)ले जानकारी दिए ।

शनिबार नै राष्ट्रिक कलाकार पुष्कल शर्मा, टंक तिमिलसिना, सन्दिप न्यौपाने, मनिष खड्का, रितु शाहीको बेजोड प्रस्तुती रहेको थियो । १२ औं कपिलवस्तु डान्स आइडल तर्फ टप ५ मा परेकी विशेष झेडी बाहिरीएकी डान्स आईडल संयोजक खड्क बहदुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार आइतबार टप ४ फाईनलिस्टमा परेका विहान कार्की, प्रिन्सिका खाँण, मोनिका राना र मेनिसा छहारीले आआफ्नो प्रस्तुति दिने छन् । डान्स आईडलको उपाधि शत प्रतिशत दर्शकको भोटको आधारमा घोषणा गरिने क्षेत्रीले बताए ।