साझा डायरी ,कपिलवस्तु
सामाजिक कार्यमा सक्रिय पहिलो पाइला नेपाल प्रस्तावित बाणगंगा शाखाको आयोजना र जय भैरव चस्मा पसल तथा आखा उपचार केन्द्रको प्राविधिक सहयोगमा ट्राफिक सचेतना तथा नि;शुल्क आखा परिक्षण शिविर सम्पन्न भएको हो। इलाका प्रहरी कार्यलय पिपरा मा भएको कार्यक्रममा सार्वजनिक सवारी साधनका चालक तथा स-चालक लाई ट्राफिक सचेतना प्रदान सङ्गै नि;शुल्क आँखा परिक्षण गरिएको थियो।

“म सडक तथा साधनको सुरक्षित प्रयोग गर्छु, किनकी मलाइ घरमा परिवारले पर्खिरहेका छन।” ट्राफिक नियमको पालना ,सभ्य समाजको सिर्जना ।जिम्मेवार चालक म  लेखिएको स्टिकर सवारी साधनमा टासिंएको थियो। उक्त नि:शुल्क आखा परिक्षण बाट करिब १ सय भन्दा बढि चालक तथा सह-चालक लाभान्वित भएका थिए। लामो दुरिका सवारि साधन र ४० बर्ष भन्दा बढि उमेरका चालक लाई लक्षित गरि उक्त कार्यक्रम गरिएको ,कार्यक्रम संयोजक हरि प्रसाद गैरे ले जानकारी दिनुभयो।

पहिलो पाइला नेपाल प्रस्तावित बाणगंगा शाखा का संयोजक शेष्कान्त मरासिनी को अध्यक्षता, अस्थायी ट्राफिक प्रहरी कार्यलय पिपरा का असइ सोम राज हमाल को प्रमुख आथित्यता र भैरव चस्मा पसल का संचालक सन्दीप भट्टराईको बिशिस्ट आथित्यमा भएको कार्यक्रमको संयोजक हरि प्रसाद गैरे को स्वागत मन्तव्य र शिशिर पौडेल को सन्चालन र सामाजिक व्यक्तित्व सागर बन्जाडे को बिशेष सहयोग मा सम्पन्न  भएको थियो।

बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले  सवारी चालक, सवारी धनी र स्थानीयलाई सवारी दुर्घटना न्यूनीकरण तथा आँखा परिक्षण  कार्यक्रम गरिएको हो । विभिन्न चरण पास गरेर लाइसेन्स लिए पनि मानवीय त्रुटिका कारण दुर्घटना हुने गरेकाले मानव नै जिम्मेबार बन्नुपर्नेमा कार्यक्रमका प्रमुख अतिथि हमालको जोड थियो ।
जिल्लामा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने सहभागी सवारी धनी माधव खनाल  ले बताउनुभयो । यस्तो खालका कार्यक्रम समय–समयमा हुनुपर्नेमा उहाँको कथन छ ।
यस कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा लिइएको छ ।