कपिलवस्तु । मेरिट बचत तथा ऋण सहकारी लिमिटेडको अध्यक्षमा मित्रलाल शर्मा सर्बसहमत चयन हुनुभएको छ । त्यसैगरी सहकारीको उपाध्यक्षमा ठाकुर प्रसाद दमासे, सदस्यहरुमा विजय खनाल, पवित्रा भटराई, सरस्वती विसी,राम प्रसाद भुसाल,पदम रेग्मी, नारायण प्रसाद शर्मा रहनु भएको छ । लेखा सुपरिवेक्ष समितिमा संयोजक खडानन्द भुसाल, सदस्यमा शान्ता घिमिरे र कृष्ण प्रसाद भटराई रहनु भएको छ । उक्त कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक गुणानिधि भुसालले सम्पुर्ण पदाधिकारीहरुलाई सपथ खुवाउनु भएको थियो ।


पदभार ग्रहण गर्दै अध्यक्ष मित्रलाल शर्माले सहकारीले नै जनताको समृद्धी हासिल गर्न सकिने बताउदै सहकारीलाई बलियो बनाउन सधैं लागि पर्ने बताउनु भयो । उहाँले कर्माचारीहरुको प्रसंसा गर्दै संस्था बलियो हुने भनेकै असल कर्मचारीहरुले भएको बताउनु भयो ।

उक्त कार्यक्रममा निर्वाचन उपसमितिका संयोजक गुणानिधि भुसालले सहकारीलाई व्यवस्थित बनाउन स्वच्छ भावले सहकार्य गर्नु पर्ने बताउदै संस्थाले अध्यक्षमा राम्रो व्यक्ति पाएको तर्क गर्नु भयो ।निर्वतमान अध्यक्ष विष्णु प्रसाद खनालले संस्थाले छोटो समयमा धेरै प्रगति गर्न सफल भएको बताउनु भयो । संस्थामा पटक पटक एउटै व्यक्ति हुनु भन्दा फरक फरक व्यक्तिको अनुभव साटासाट गर्नु राम्रो भएको बताउदै अध्यक्ष शर्मा लगायत सम्पुर्ण पदाधीकारीलाई शुभकामना दिनु भयो ।


वाणगंगा नगरपालिका वडा नम्बर ७ मा भएको कार्यक्रम लुम्बिनी प्रदेश योजना आयोगको सदस्य सरोज खनाल निर्वाचन उपसमितिका सदस्य रामकृष्ण पन्थी, लगायत संस्थाका कर्माचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन उपसमितिका सदस्य अजुर्न शाहीले गर्नु भएको थियो ।