कपिलवस्तु ।

१४ औँ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी २०८० को उद्घाटन नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गर्ने भएका छन् ।

आगामी मंसिर २१ गतेबाट सुरु हुने महोत्सवको उद्घाटन भण्डारीले गर्ने आयोजक बाणगंगा वेलफेयर शोसाईटीले जनाएको छ ।

ग्याँस विसफोट भएपछि ठुलो दुर्घटनामा परेका भण्डारी लामो उपचारपछि पुर्नजीवन पाएका नेता हुन् । उपचारपछि निको भएर उनले गरेको संसदको सम्बोधनदेखि सार्वजनिक कार्यक्रमका भाषण सामाजिक संजालमा चर्चित छन् ।

काँग्रेसको नेता भए पनि भण्डारी सबैको प्रिय नेता मानिन्छन् । इमान्दार चरित्र र प्रष्ट बोल्ने उनको विशेषता हो । यिनै विशेषता रहेका र अहिलेका सर्वाधिक चर्चामा रहेका कारण यसपटक भण्डारीलाई उद्घाटनको प्रमुख अतिथि बनाउने निर्णय गरिएको सोसाइटीका अध्यक्ष तथा महोत्सवका संयोजक राज कुमार खााणले जानकारी दिए ।

उद्घाटनको अवसरमा भण्डारीसंगै जिल्लाका मन्त्री र नेताहरु सहभागि हुनेछन् भने बिभिन्न पालिकाका प्रमुख पनि सहभागि हुनेछन् । उद्घाटन अघि बिभिन्न स्थानबाट बाजागाजासहितको सांस्कृति झाँकी निकाल्ने तयारी भएको महोत्सवका निर्देशक तथा सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाको भनाई छ ।