कपिलवस्तु ।
“लक्ष्मणघाट को सान, कला संस्कृति संरक्षणमा हाम्रो अभियान” भन्ने मुल नाराका साथ लक्ष्मणघाट सामाजिक बिकास केन्द्रको आयोजनामा लक्ष्मणघाट बोलबम धाम बिकाश समितीको सह-आयोजक र बाणगंगा नगरपालिका वडा नं. ६ को वडा कार्यलयको संरक्षणमा लक्ष्मणघाट मा.वि. को प्राङ्गणमा यहि मङ्सिर ११ देखि १३ गतेसम्म लक्ष्मणघाट पुर्णिमा मेला तथा बृहत् संस्कृतिक कार्यक्रम हुने भएको छ।
सयौं बर्ष अगाडीबाट संचालन हुदै आएको सो मेलामा कपिलवस्तु, अर्घाखाँची, प्युठान,रुपन्देही र छिमेकी मुलुक भारत बाट समेत श्रद्धालु भक्तजनहरु मेला भर्न आउने गरेको बाणगंगा नगरपालिका वार्ड नं ६ का वडाध्यक्ष करुण टण्डनले जानकारी दिनुभयो ।
मेलाका मुख्य आकर्षक पिङ, बाल उद्दान, ब्यापारिक स्टल, दुना टपरी गास्ने प्रतियोगिता साथै सांस्कृतिक कार्यक्रम तर्फ स्थानीय तथा रास्ट्रीय कलाकारको बेजोड प्रस्तुती रहने मेला आयोजक लक्ष्मणघाट सामाजिक बिकास केन्द्र का अध्यक्ष थानेश्वर अधिकारी ले जानकारी दिनुभयो । त्यसैगरी मेला मा स्टल बुकिङ दर्ता कार्य पनि सुरुभएको र स्टल सिमित मात्रै रहेकोले स्टल संयोजक बिनोद खनाल ले जानकारी दिनुभयो।