साझा डायरी, बाणगंगा ।
यही मंसिर २१ गतेदेखि पौष १ गतेसम्म बाणगंगाको बुद्ध रंगशालामा सुरु हुने १४ औँ कपिलवस्तु महोत्सवकको तयारी तिब्रताका साथ अगाडी बढिरहेको छ । महोत्सवलाई बिगत भन्दा फरक तथा आकर्षक बनाउने प्रयासका साथ आयोजक बाणगंगा वेलफेयर सोसाईटीले सक्दो प्रयास गरेको छ ।
यसैबिच प्रत्येक बर्ष महोत्सवको आकर्षणको रुपमा रहेको डान्स आईडलका प्रतियोगी छनोटका लागी प्रक्रिया अगाडी बढाईएको छ । जसअन्तर्गत १२ औँ कपिलवस्तु डान्स आइडल अन्तर्गतको अडीसन भोलि देखि हुने भएको छ ।
भोली मंगलबार आइडलको लागि विहान ९:०० बजेसम्म फाराम लिइने र १०:०० वजे अडिसन सुरु हुने छ आइडल संयोजक खड्क बहादुर क्षेत्रीले बताउनुभयो ।क्षेत्रीले डान्स आइडलमा सहभागितका लागि इच्छुकले भोलि बिहानसम्म सम्पर्क गरेर पनि सहभागिताको लागि नाम टिपाउन र अडिसनमा सहभगिता जनाउन सक्ने बताए । क्षेत्रीले डान्स आइडललाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने गरी आफूहरु व्यापक सक्रिय भएर लागेको बताए ।
क्षेत्रीले डान्स आइडललाई विशेष र एतिहासिक बनाउने गरी आफूहरु लागेको बताउँदै शैक्षिक संस्था, डान्स एकेडमी, विभिन्न क्लब लगायत सम्पर्कमा रहेको बताए । आइडलको अडिसन क्लबको भवनमा हुने छ ।आइडलमा प्रथम हुनेलाई १ लाख २१ हजार १ सय २१ रुपैयाँ, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेत्रीले बताए ।
्