साझा डायरी, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगर क्षेत्रभित्रका बजार तथा व्यवसायिक संस्थाहरु भोलि मंगलबार देखि साप्ताहिक रुपमा पुन : बन्द हुने भएका छन् ।
दशैँ, तिहार तथा छठ पर्व लगाएतलाई पर्वलाई लक्षित गर्दै मंगलबार पनि खोल्दै आईरहेका बजार क्षेत्र पुन : भोलिदेखि बन्द गर्ने निर्णय भएको कपिलवस्तु उध्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमीरेले साझा डायरी संगको कुराकानीमा बताउनुभयो ।
अध्यक्ष घिमीरेले सम्पुर्ण ब्यवसायीलाई उक्त निर्णयको पालना गर्दै भोलिदेखि साप्ताहिक रुपमा मंगलबार बजार बन्द गर्न आग्रह गर्नुभयो ।