साझा डायरी । टिभिएस कम्पनीकाे आधिकारिक बिक्रेता जगदम्बा माेटर्स प्रालिकाे कपिलवस्तु र अर्घाखाँचीका लागि आधिकारिक बिक्रेता बाणगंगा अटाे ट्रेडर्सले जितपुर, ओदारि र सन्धिखर्कमा एकसाथ टिभिएस च्याम्पियन एक्सचेञ्जको आयोजना गरेको छ ।

जितपुर, ओदारि तथा सन्धिखर्ककाे साेरुम बाट एकसाथ आज देखी कात्तिक २५ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गरेको हो ।

च्याम्पियन एक्सचेञ्जमा कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरको साटफेर गरी नयाँ टिभिएस ब्राण्ड चढेर जान सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरी कम्पनीले दशैँ तथा तिहार पर्वलाई लक्ष्य गरी ल्याएको “हर मोडमा उमङ्ग”अफर अन्तर्गतका छुट, सहुलियत तथा अफरहरु ग्राहकलाई प्रदान गरिने सचालक माेहन न्याैपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिभिएस बाइक तथा स्कुटरको खरीदमा किन्नु अघि स्क्राच कार्डमार्फत रु एक लाख सम्म जित्ने र खरीदपछि रु पाँच लाखसम्म जित्न सकिने योजना रहेको छ ।

त्यसैगरी टिभिएस च्याम्पियन एक्सचेञ्जमा रु १० हजार देखि ५० हजार सम्म थप मुल्यांकन,शुन्य प्रतिशत ब्याजदर, २५ प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिने छ।

टिभिएसको उपहार योजनामा हरेक महिना लक्की ड्रमार्फत सत प्रतिशत क्यास ब्याक र बम्परमा रु १० लाख उपहारको योजना रहेको छ ।