साझा डायरी,चन्द्रौटा ।
कपिलवस्तुमा कृषि क्षेत्रको व्यवसायिकरण तथा कृषि सम्भावनाको लेखाजोखाका लागि अन्तरक्रियासहित अवलोकन कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल स्वयंसेवक संघको आयोजना, कपिलवस्तु चेम्बर अफ कमर्शको सहआयोजना तथा लुम्बिनी प्रदेशका कृषि तथा भुमि ब्यवस्था मन्त्री भण्डारीलाल अहिरको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा कृषि र कृषकको व्यववसायिकरणका लागि विभिन्न विषयमा अन्तरक्रिया तथा सम्भावना खोजिका लागि छलफल गरिएको हो ।
कार्यक्रममा कपिलवस्तु जिल्ला समन्वय समितिका संयोजक बावुराम आचार्य, लुम्बिनी प्रदेश कृषि, पशु तथा मत्स्य विकाश निर्देशनालय, बुटवल कपिलवस्तु, कृषि ज्ञान केन्द्र, तौलीहवा, भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, तौलिहवा, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, उपमेयर शिव कुमारी थारु, शिवराज नगरपालिकाका वडाध्यक्षहरु, शिवराज नगरपालिकामा रहेका क बर्गका बैंकका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डे, नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय समिति सदस्य तथा जिल्ला चेम्बर अफ कमर्शका अध्यक्ष महादेव पोखरेल, लगायत उद्यमी ब्यवशायीहरुको उपस्थिति थियो।
नेपालको पर्यटन ब्यवशायमा उत्कृष्ट पुरस्कार प्राप्त गर्ने शिद्धार्थ रिसोर्टका प्रमुख लक्ष्मण भण्डारी तथा नेपालको माछा हेचरीका पायोनियर फराह खानको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा जगत पौडौलले स्वागत मन्तब्य दिनु भएको थियो। कृषि क्षेत्रको सम्भावनाको लेखाजोखा गर्ने प्रयासमा साथ रहने र यो प्रयास उत्साहजनक रहेको राय ब्यक्त गरेका थिए ।
कार्यक्रममा कृष्ण प्रसाद पाठकले कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमा कृषि क्षेत्रको विकाश प्रणालीलाई दुई उपप्रणालीमा विभाजन गरी यस कार्यशालामा निर्माण गरिनु पर्ने उपप्रणालीको तीन अवयवहरुमा प्रकाश पारिएको थियो। यी तीन अवयवहरुमा कृषि क्षेत्रका सकृय तथा संलग्न संस्थाहरुको प्रभावकारीता बृद्धिकोलागि आवश्यक विकाश तथा नियमन गर्नु पर्ने आवश्यकतामा प्रकाश पारिएको थियो।
यस्तै विकास गर्नु पर्ने अवयवको रुपमा मानवश्रोत विकाश, उत्पादकत्व विकाश र विश्व वजार संग प्रतिश्प्रधा गर्न सकिने गरी स्थानीय रोजगारीको सिर्जना गर्नु पर्ने विषयमा प्रकाश पारिएको छ । यसबाहेक तेस्रोे अवयवको रुपमा निर्वाहमुखी कृषि प्रणालीमा किसानको घरको हैसियतलाई कृषिको पूर्वाधारको रुपमा लिईएको परम्ंपराले व्यवसायिक कृषि प्रणालीमा काम नगर्ने हुँदा ब्यावशायिक कृषिका पूर्वाधारहरुको निर्माण गर्ने विषयमा प्रकाश पारिएको थियो।श्रोत परिचालन उपप्रणालीमा जग्गाको उपयोग, श्रमको परिचालन, पुँजीको परिचालन, पेशागत ब्यावशायिक ब्यवस्थापन तथा नीतिगत समन्वयजस्ता विषयहरु विविध पक्ष बीचको सन्तुलन तथा मोलमोलाईले निर्धारण गर्ने विषयमा समेत जोड दिइएको छ ।
कार्यक्रममा कृषकहरुले विभिन्न कृषि क्षेत्रको सुधारात्म सुझाव तथा माग समेत पेश गरेका छन् । माछा उत्पादकहरुको चाराको लागत न्युन गर्ने तथा समग्र मूल्य शृंकलाको दक्षता कसरी बृद्धि गर्न सकिन्छ भन्ने विषयको लेखजोखा गर्नुपर्ने, पशु पालनलाई प्रतिश्प्रधात्मक बनाउन पशु आहारा, पशु पालन तथा दुग्ध ब्यवशायलाई प्रतिश्पधात्मक बनाउन सकिने सम्भावनाको लेखा जोखा गर्नुपर्ने माग गरिएको छ ।
यसपछि नेपालको माछापालनका घरानिया उद्यमी तथा नेपालको पणगास माछाको ह्याचरीका संचालन फराह खानले आफ्नो विचार ब्यक्त गरेका थिए ।
यस्तै लुम्बिनी बहु उद्येश्यीय कृषि तथा रिसर्च फार्मको तर्फवाट राम प्रसाद पाण्डेले नेपालमा माछाको ब्यावशायिक सम्भावना भएर पनि माछाको दाना आयात गर्न सरकारले धेरै झन्झट थपेको गुनासो ब्यक्त गरेका छन् ।शिवराज उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेले सरकारी अनुदान मिलाई दिने कर्मचारीले ५०५ कमिशन मागेको गुनासो ब्यक्त गरेका थिए । भियतनाम, ताईवान, ईजरायल, ईन्डोनेशियाको कृषि प्रणाली हेर्दा नेपालमा कृषि मन्त्रलायको आवश्यकता नभएको बताएका थिए ।
शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वाबुराम पौडेलले कृषि कमजोर भएको कारण अन्य उद्योग समेत सफल नहुने राय ब्यक्त गरेका छन् । यस्तै शिवराज नगरपालिकाका नगर प्रमुख अजय बहादुर थापाले वर्तमान समयमा युवाहरु बिदेश पयायन हुने अवस्था हाम्रो राजनृति अभ्यासले ल्याएको भन्दै कृषि ब्यवशायमा नियमन नभएर कृषकहरुले ब्यावशायिक सफलता पार्न नसक्ने अवस्था रहेको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक बावुराम आचार्यले गाई ब्यवस्थापनकोलागि बन भएर पनि प्रयोग गर्न नमिलेको गुनासो ब्यक्त गरेका थिए । एका तिर उत्पादन अर्को तिर जोनको स्थापना गर्ने जस्ता उदाहरण नेतृत्वको राजनैतिक दुराग्रह र कर्मचारीको भ्रष्ट प्रबृत्तिको उदाहरण भएको राय ब्यक्त गरेका छन् ।कार्यक्रममा प्रदेश मन्त्री भण्डारीलाल अहिरले विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको बताए । कृषि मन्त्री भएर कुनै राजनैतिक निर्णय गर्न र विकाशमा योगदान गर्न नसकिने यो ब्यवस्थामा कृषि मन्त्रीको पदमा रहेर कुनै उत्साह रहेको प्रतिकृया ब्यक्त गरेका थिए । भ्रष्टाचारीलाई बहिस्कार गर्नु पर्ने र शिक्षामा खर्च गर्नु राम्रो हुने तथा अनुदान होईन सुशासनको प्रवर्धन गर्नु पर्ने राय ब्यक्त गरेका थिए ।
यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष खेमराज पौडेलले मेरो भाव होईन हाम्रो भावले काम नगरी विकाश नहुने बताए । राजनैतिक क्षेत्रले स्टण्डमा भन्दा हार्दिक योगदानमा बिश्वास गर्नु पर्ने सुझाव दिएका छन । उनले स्वयं सेवक संघले नेपालभरी संरचनाको निर्माण गरेको तथा विपद ब्यवस्थापनमा नेपाल स्वयंसेवक संघ अगाडी रहेको जानकारी पनि दिएका छन् ।अव नेपाल स्वयंसेवक संघले विकाशका एजेण्डाहरुको विकाश गर्ने प्रयासको शुरुवात गरेका थिए । नेपाल स्वयं सेवक संघले विकाश प्रणालीमा ब्यापक जनसहभागितालाई प्रवर्धन गर्ने संस्थागत पूर्वाधारको रुपमा भुमिका निर्वाह गर्ने अठोट ब्यक्त गरेका थिए ।