रिता खनाल ,कपिलवस्तु
उधाेग ब्यापार संघ कपिलवस्तुले संबिधान दिवस २०८० काे अवसरमा वृहत रक्तदान कार्यक्रम गरेकाे छ । बढ्दै गईरहेकाे डेङ्गी राेग महामारीमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै महादान र जिवनदान भन्ने उदेश्यले रक्तदान कार्य
क्रम अायाेजना गरेकाे उधाेग व्यपार संघ कपिलवस्तुले जनाएको छ । कार्यक्रम उधाेग व्यापार संघका केन्द्रीय महासचिव खेमनारायण पराजुलीले उधाेग व्यवपार संघ कपिलवस्तुले स्थापनाकाे छाेटाे समयमा विभिन्न सामाजिक रचनात्मक कार्यक्रम गर्दै अाएकाे बताउनुभयो । काेभिड महामारी पछि सबै भन्दा धेरै मारमा व्यवसायिहरु कि गर कि मरकाे अवस्थामा अाएकाे र यसकाे समाधानकाे लागि केन्द्रबाट पहल गर्ने बताउनुभयो ।
यस्तै कपिलवस्तु जिल्ला कर अधिकृत सुरेस बराईलीले देशको अार्थिक अवस्थालाई माथि उठाउन उधाेगि व्यवसायिहरुकाे महातत्वपुर्ण भुमिका रहेकाे भन्दै तिनै तहका सरकारले व्यवसायिहरुलाई सहयोग गर्नुपर्ने बताउनुभएकाे थियोे । यता संघका अध्यक्ष खिमानन्द पौडेलले लामो त्याग तपस्या बलिदान र संघर्ष पछि अाएकाे संविधानलाई सबैले रक्षा गर्नुपर्ने बताउनुभयो ।साथै उहाँले सामाजिक क्षेत्रमा काम गर्दै अाएकाे व्यपार संघले अागमि दिनमा पनि यस्ता कार्यक्रम गर्ने प्रतिबद्वता जनाउनुभएकाे थियोे । कार्यक्रममा संघका महासचिव बासुदेव खनाल , संघका संरक्षक टाेपनारायण बेल्बासे , निर्वतमान अध्यक्ष मिलन चालिसे संघका पदाधिकारी लगायतकाे उपस्तिथि रहेकाे थियोे ।
कार्यक्रमका संयाेजक ज्ञानहरी न्याैपानेकाे अध्यक्षता , संघका महासचिव बासुदेव खनालकाे संचालनका भएको कार्यक्रममा रक्तसंचार केन्द्र भैरहवाकाे प्राविधिक सहयोग र नव प्रभात युवा क्लव ठाकुरापुरकाे सहयोगमा सम्पन्न भएको थियोे । सम्पन्न रक्तदान कार्यक्रममा ३७ पाेइन्ट रगत संकलन भएको बताईएको छ ।