काठमाडौं :
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अझै २० वर्ष आफू राजनीतिमा सक्रिय रहने बताएका छन्।
शनिबार बा सँग बालबालिका कार्यक्रममा बोल्दै ओलीले अझै २० वर्षसम्म आफू राजनीतिमा सक्रिय रहने बताएका हुन्।
उनले आफू सक्रिय रहँदा रहँदै योग्य व्यक्ति आए पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने घोषणा समेत गरे।
‘म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन। आफू सक्रिय रहेकै वेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु’, उनले भने।
उनले सरकारले हिंसात्मक घटनालाई प्रोत्साहन गरिरहेको आरोप लगाए। त्रिभुवन विश्वविद्यालयका प्राध्यापकमाथि कुटपिट गर्नेलाई सरकारले संरक्षण गरेको भन्दै अहिलेको सरकार शासक बनेको समेत आरोप लगाए।