बुटवल ।
नेकपा एमालेकी सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पद्मा अर्यालले बुटवलमा यही भाद्रा १६ र १७ गते हने प्रथम लुम्बिनी प्रदेश अधिवेशनको तयारीका लागि कार्यक्रममा स्थलको अवलोकलन गरेकी छन् ।
प्रदेश अधिवेशनको तयारीलाई तिब्रता दिएको एमालेले बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा प्रथम अधिवेशन गर्न लागेको छ । सोही क्रममा मञ्च व्यवस्थापन, उद्घाटन सत्र तथा बन्द सत्र सञ्चालनका लागि प्राविधिकको टोलीसहित पुगेकी नेतृ अर्यालले अवलोकन गरेकी हुन् ।
मञ्चमा वक्तालाई उपस्थित गराउने बाहेक अतिथी आसनग्रहण नगराउने नेकपा एमालेको निर्णय लुम्बिनी प्रदेशको अधिवेशनबाट कार्यान्वयन हुने बताउँदै आएकी उनले सोही अनुसार मञ्च व्यवस्थापन गर्न सुझाव दिएकी थिइन् । ‘यो अधिवेशन पहिलो सार्वजनिक र ठूलो कार्यक्रम हुने छ जुन कार्यक्रमले पार्टी केन्द्रको निर्णयलाई कार्यन्वयन गर्दै ऐतिहासिक र रचनात्कम सन्देश दिने छ ।’ अर्यालले भनिन्।
अर्यालले प्रदेश अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीसहित आधा दर्जन बढी पदाधिकारी सहभागी हुने भएपनि पदाधिकारी सबैको आसन मञ्चमा नभई प्रतिनिधिको रोहमै रहने बताएकी हुन्। कुल ८२ हजार ३०३ पार्टी सदस्य रहेको लुम्बिनी प्रदेशमा अधिवेशनका लागि १ हजार प्रतिनिधी छनोट हुने एमालेले जनाएको छ। जसको लागि यही भदौ ९ गते १०९ वटै पालिकाबाट एकैपटक प्रतिनिधि चयन गर्दैछ।
अधिवेशनमा मूल नेतृत्व सकेसम्म सर्वसम्मत बनाउने कोशिश रहने बताईन् अर्यालले बताइन्। ‘सकेसम्म सर्वसम्मत् नेतृत्व छानौं भन्ने हो, यदि त्यसो हुन सकेन भनेपनि लोकतान्त्रिक विधिको प्रयोग गरि स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्व चयन गर्ने बाटो खुल्ला रहन्छ,’ उनले भनिन्। निर्वाचनमा जाँदा कार्यकर्ताहरुको मन र भावना विभाजित नहोस् भन्ने तर्फ पार्टी पंक्ति सचेत रहेको भन्दै उनले सर्वसम्मत् हुन नसके पार्टी नेतृत्वले कुनै जवर्जस्ती नगर्ने उनको भनाई छ। ‘