कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा प्रदेशस्तरीय निर्माण सामग्री जाँच प्रयोगशालाको निर्माणले गति लिएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत निर्माण हुँदै गरेको प्रयोगशाला भवनको ६० प्रतिशत काम सकिएको जनाएको छ ।
निर्माण कम्पनी सगुन कन्ट्रक्शनका इन्जिनियर निसान्त मण्डलका अनुसार जग्गा प्राप्ती ढिलाइ हुँदा काम प्रभावित भएको बताउनुभयो । जग्गा प्राप्तीको काममा आठ महिना ढिलो भएको थियो । प्रयोगशालामा विकास निर्माणमा प्रयोग हुने छड, सिमेन्ट, इँटा, सडक कालोपत्रे गर्ने लगायतका सामग्रीहरुको गुणस्तर चेकजाँच हुने लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले बताउनुभयो । सरकारी स्तरमा आधुनिक प्रयोगशाला नहुँदा भैरहवामा रहेको निजी प्रयोगशालामा परीक्षण गर्नुपर्ने बाध्यता रहेको के.सीले बताउनुभयो ।
प्रदेशस्तरकै पहिलो प्रयोगशाला सञ्चालनमा आएपछि विकास निर्माणका कामको गुणस्तर पहिचान गर्न सहज हुनेछ । भौतिक पूर्वाधार विकास मन्त्रालयको .ब० ७७/०७८ को योजना अनुसार १२ करोडको लागतमा प्रयोगशाला निर्माण भइरहेको छ ।