शम्भु बि.क, विजयनगर ।
कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा न १ गुगौलीमा अवस्थित स्वास्थ्य चौकिको ब्यवस्थापन अत्यन्तै कमजोर रहेको पाईएको छ । प्रसुती गृहमा छतबाट पानी चुहिएर भरिएको छ भने कोठाको अभाव हुँदा ओ.पि.डि. कक्षमा ड्रेसिङ र औजार निर्मलीकरण पनि गर्नु पर्ने अवस्था छ । यसअघि कोठाको अभावमा एउटा निर्मलीकरण यन्त्र बिस्फोट भएको थियो।
जसका कारण स्वास्थ्य कर्मीलाई सामान्य चोटपटक पनी लागेको थियो ।यस्तै बर्षातकै कारण पानी चुहिँदास्टोर कक्षमा गर्भावती जाँच गर्नुपर्ने बाध्यता रहेको छ । भ्याक्सिन राख्ने कोठा समेत नहुँदा आल्मुनियमले बारेर कक्ष बनाइएको छ जहाँ खोपहरु राखिन्छ।भ्याक्सिन राख्ने ठाँउ चिसो हुनुपर्ने हुन्छ तर त्यस किसीमको व्यवस्था हुन सकेको छैन । शव कक्षमा यन्त्र उपकरण राख्न समेत ठाँउ नभएर प्रसुती गृहमा राखिएको छ।
किशोरकिशोरी बालमैत्री स्वास्थ्य संस्था भनिएता पनि छुट्टै कोठाको ब्यवस्थापन हुनुपर्ने त्यो पनि छैन ।स्वस्थ्य शाखालाई बारम्बार खबर गर्दा पनि बेखबर बनेको स्वस्थ्य चौकि प्रमुख तिलक बहादुर बगालेले जानकारी गराउनुभयो। २०७९ भदौमा नि :शुल्क भिडियो एक्सरे सेवाको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले उद्घघाटन गर्नुभएको थियो। लगभग १० महिना सम्म संचालनमा आयो तर अहिले दक्ष स्वास्थकर्मी नहुदा सो सेवा बन्द रहेको छ।
१० महिनामा करिब ७९३ जना महिलाले सेवा लिएका थिए । भिडियो एक्सरे गर्ने स्वास्थकर्मी उच्च शिक्षा अध्ययनको लागि बाहिर गएपछि भिडियो एक्सरे सेवा २ महिना देखी बन्द रहेको स्वास्थ्यकर्मी माया कुमारी थारुले बताउनुभयो ।
ल्याब संचालनमा नभएता पनि करिब एक बर्षदेखि स्वास्थ्यकर्मीले तलब खाइरहेका छन् । खुरुहुरिया स्वास्थ्य चौकिमा बुझ्दा नेपाल सरकारले ९८ प्रकारको औषधि निशुल्क भनेता पनि आवश्यकता अनुसारको औषधि नरहेको स्वस्थ्य चौकी प्रमुख कृष्ण कुमार चाईले जानकारी दिनुभयो।