काठमाडौं २४ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले नयाँ गठबन्धन बनाउने र सत्तामा पुग्ने विषयमा प्राथमिकतामा नपारेको वताएका छन् ।उनले एमाले एकल बहुमतको सरकारको तयारीमा छ त्यसैले नयाँ गठजोड र जसरी पनि सत्ता भने सोचमा छैन महासचिव पोखरेलले भनेका छन् ।सत्तालाई प्राथमिकता नदिएको बताएका छन् ।महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको तर्क समेत गरे ।
नेकपा ९एमाले० रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुकलाई निर्माण गर्न सकिने निष्कर्षसहित सो काममा आफ्नो पार्टी लागि परेको दोहोर्याए ।मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढ्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनाव लगत्तै आफ्नो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गराउने गरी मिसन ग्रासरुट अभियान सञ्चालन गरेको स्पष्ट पारे ।
महासचिव पोखरेलले कमजोर राजनीतिक शक्तिहरूले नेतृत्व लिँदा मुलुकको अवस्था कमजोर भएकाले एमालेले त्यसबाट मुलुकलाई पार लगाउने गरी आफ्नो पार्टीलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गराउन चाहेको तर्क पनि गरे ।उनले जनादेश विपरीत कमजोर राजनीतिक शक्तिलाई सरकारको नेतृत्वमा पुर्याउने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न आफूहरू क्रियाशील रहेको बताए ।महासचिव पोखरेलले जति धेरै राजनीतिक दल, त्यति धेरै मुलुकमा राजनीतिक अस्थिरता हुने भएकाले नेपाली समाजले अव एउटै बलियो राजनीतिक शक्ति निर्माणको विषयमा बहस पैरवी गर्ने बेला आएको पनि बताए
पाकिस्तानी राजदूत हाश्मी र राष्ट्रिय सभा अध्यक्ष दाहाल बीच शिष्टचार भेट
कपिलवस्तु । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् ।राजदूत हाश्मीले...
Read more