तानसेन २३ असार । नेकपा एकीकृत समाजवादी पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल) को निधन भएको छ । शुक्रबार बेलुकी बगनासकाली(१, स्थित आफ्नै घरमा हृदयघात भएर उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभासमा लैजाने क्रममा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।पाण्डेयको शब हाल लुम्विनी मेडिकल कलेज प्रभासमा रहेको छ । ५२ वर्षका पाण्डेको छोरा र श्रीमती रहनुभएको छ । स्वच्छ छवी र नरम स्वभावका पाण्डेको निधनले पार्टीलाई ठूलो क्षति पुगेको समाजवादीका नेताहरूले बताएका छन् ।
पहिलो पाइला नेपाल बुद्धभूमि शाखाद्वारा १ महिने नि: शुल्क कम्प्युटर तालिम सम्पन्न
कपिलवस्तु । पहिलो पाइला नेपाल बुद्धभूमि शाखाले “सधैँ परिवर्तनका लागि” भन्ने मूल नाराका साथ सामाजिक कार्यका लागि उद्यमशीलता कार्यक्रम अन्तर्गत...
Read more