कपिलवस्तु १९ असार ।नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री सुरेन्द्रराज आर्चायले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको बिकास आफनो पहिलो प्राथमिकतामा रहेको बताएका छन ।महाराजगंजको बिकासको अवस्थामा बारे आफु राम्रोसगं जानकारी भएकाले यस नगरपालिकाको बिकासलाई आफुले प्राथमिकतामा राखेको बताएका छन । नगरपालिकाको १३ नगर सभालाई सम्बोधन गर्दै मन्त्री आर्चायले महाराजगंज नगरपालिका आफनो क्षेत्रमा पनि पर्ने भएकाले यसको बिकासमा नेतृत्वदायी भुमिका खेल्ने दायित्व आफनो भएकाले सो अनुसार काम गर्ने बताए ।
नगरलाई कृषी, पर्यटन, रोजगारी, आर्थिक तथा सामाजिक क्षेत्रमा बिकास गर्न आफुले योजना बनाएको बताउदैँ सबैसगं सहकार्य गर्दै अगाडी जाने समेत सो अवसरमा उनले बताए ।उनले यस क्षेत्रमा सिचाईको ब्यवस्थापनका लागी सम्बन्धीत मन्त्रालयसगं सहकार्य गरी रहेकाले पनि काम हुने र ब्यवसायिक कृषीमा लाग्न आग्रह गरेका छन ।फरक प्रसङगमा बोल्दै मन्त्री आर्चायले अहिले सरकारले नागरिकता बिद्येयकलाई पारित गर्न सक्नु पनि ठुलो सफलता हासिल गरेको बताउनु भयो ।
लामो समयदेखि नागरिकता पाउने आसमा बसेका नागरिकलाई यो भन्दा अगाडिका सरकारले आस मात्र देखाएपनि यो सरकारले भने काम गरेर देखाएको उहाँले बताउनु भएको छ । यो भन्दा अगाडि दुबै संसद बाट पास भएको नागरिकता विद्येयकलाई पनि पुर्व राष्ट्रपती विद्यादेवी भण्डारीले पटक पटक रोक्नु गलत भएको उहाँको ठम्याई रहेको छ ।उच्च शिक्षा हासिल गर्दा सम्म पनि नागरिकता बाट बञ्चित भएर विभिन्न अवसरहरु गुमाइरहेका नेपालीहरुको लगि अहिलेको सरकाले नागरिकता प्रदान गरेर महत्वपुर्ण कार्य गरेको उहाँले बताउनुभएको छ ।
नागरिकता विद्येक पास गरेपनि सरकारले वास्तविक नेपालीलाई नागरिकता प्रदान गर्नुपर्ने उहाँले बताउनुभएको थियो ।नगरसभा नगर प्रमुख अब्दुल कलाम खाँको अध्यक्षता महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री सुरेन्द्रराज आर्चायको प्रमुख आथित्यता, प्रशासन शाखा प्रमुख निरञ्जन उपाध्यायको स्वागत तथा एम.आइ.एस अपरेटर बृजेश यादवको सञ्चालनमा सभा सम्पन्न भएको थियो ।
पाकिस्तानी राजदूत हाश्मी र राष्ट्रिय सभा अध्यक्ष दाहाल बीच शिष्टचार भेट
कपिलवस्तु । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् ।राजदूत हाश्मीले...
Read more