काठमाडौँ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभावस्वरूप सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

त्यसैगरी, कोशी र बागमती प्रदेशका हिमाली भू–भागका केही स्थानमा समेत हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।