राहुकाल
बिहान ८ बजेर १ मिनेटदेखि बिहान ९ बजेर १९ मिनेटसम्म राहुकाल रहनेछ

नोट : राहुकालको समयमा कुनै पनि शुभकार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त
बिहान ५ बजेर ५ मिनेटदेखि बिहान ५ बजेर ५३ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

दैनिक राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
घरायसी समस्या बढ्नाले आर्थिक अभाव महसूस हुन सक्छ । आमा वा आमासँग टाढिनुपर्दा मन खिन्न हुनेछ । राजनीतिक वा सामाजिक क्षेत्रमा पदको दुरुपयोग नगर्नुहोला, मान–सम्मानमा दाग लाग्न सक्छ । अध्ययनमा समय दिए पनि नतिजा आउन केही समय लाग्न सक्छ । कृषि तथा पशुपालनबाट भने राम्रो आम्दानी हुनेछ । खेलकुद तथा मनोरञ्जनमा समय बित्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
सानो प्रयत्नले राम्रो लाभ लिन सकिनेछ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । प्रेममा सामिप्यता बढ्नेछ । साथीसँगको सहयोगले रोकिएका काम बन्नेछन् । पढाइमा सुधार हुनेछ । छिमेकीसँगको सम्बन्ध सुदृढ हुनेछ । खरिद–बिक्री तथा वित्तीय लगानीबाट फाइदा मिल्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
धन भावमा शुभ चन्द्रमाको प्रभावले आम्दानीमा वृद्धि हुनेछ । बोलेरै काम बनाउन सकिनेछ । आफन्तसँग रमाइलो यात्राको अवसर मिल्नेछ । प्रेममा समय शुभ हुनेछ । खेलकुद, पत्रकारिता तथा व्यापारमा संलग्नका लागि अनुकूल समय छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
रोकिएका काम बन्नेछन् । शत्रुहरू किनारा लाग्नेछन् । संघर्षबाट अधिकार र सफलता दुवै प्राप्त हुनेछ । आर्थिक लाभका काममा फाइदा हुनेछ । अध्ययनमा राम्रो परिणाम आउनेछ । तर सवारीसाधन र यात्रामा सावधानी अपनाउनुहोला ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
ठूला योजनाहरू तत्काल सुरु नगर्नुहोस् । स्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा टार्नुहोला । नियम तोडेर काम नगर्नुहोला । विदेश यात्राको बलियो योग छ । खेलकुद क्षेत्रमा संलग्नका लागि भने समय शुभ छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
सीमित स्रोतबाट राम्रो उपलब्धि हासिल गर्न सकिनेछ । मनोकामना पूरा हुनेछ । व्यापार तथा शेयर बजारबाट राम्रो आम्दानी हुनेछ । दाजुभाइको सहयोग लाभदायक हुनेछ । प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ । खेलकुदमा समय रमाइलो हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
राज्य पक्षबाट काम गर्नेहरूलाई फाइदा हुनेछ । कीर्तिमानी काम गरेर प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ जिम्मेवारी र बढुवा पाउने सम्भावना छ । लगानी तथा कृषि–पशुपालनबाट लाभ हुनेछ । प्रेममा निकटता बढ्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
अनुसन्धान तथा अध्ययनमा सफलता हात लाग्नेछ । स्वास्थ्य सबल रहनेछ । प्रेम सम्बन्ध मजबुत बन्छ । सेवामूलक व्यापारहरूबाट फाइदा हुनेछ । शेयर तथा निर्माण सामग्रीको लगानी लाभदायक हुनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
समय तथा परिस्थितिको उचित प्रयोग नगर्दा कठिनाइ आउनेछ । व्यापारमा घाटा सम्भावना छ । प्रेममा धोका हुन सक्छ । स्वास्थ्यमा समस्या बढ्न सक्छ । अध्ययनमा पछि परिनेछ । परिवारमा मनमुटाव बढ्न सक्छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
जीवनसाथीको सहयोगले उपलब्धिमूलक काम बन्नेछन् । व्यापार तथा शेयर बजारमा लाभ मिल्नेछ । लामो यात्रा सम्भावना छ । अध्ययन तथा अनुसन्धानमा राम्रो परिणाम प्राप्त हुनेछ । सवारीसाधन तथा विलासी सामग्री प्राप्त हुने योग छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
विवाद तथा प्रतिस्पर्धामा जित हुनेछ । पुराना रोग समस्याबाट राहत मिल्नेछ । आर्थिक सुधारका प्रयास सफल हुनेछन् । पढाइमा सफलता मिल्नेछ । प्रेम तथा दाम्पत्य सम्बन्ध मजबुत हुँदै जानेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यापारमा लगानीबाट धनलाभ हुनेछ । पढाइमा सुधार आउनेछ । प्रेम तथा पारिवारिक सम्बन्ध राम्रो हुनेछ । सबैको सहयोग प्राप्त हुनेछ । आकस्मिक धन तथा उपहार प्राप्त हुने सम्भावना छ ।

तपाईँको दिन शुभ रहोस् ।