कपिलवस्तु । कपिलवस्तु–बाणगंगास्थित जितपुरमा आज शुक्रबार ‘जय श्री इन्टेरियर्स’को उद्घाटन गरिएको छ। लामो समय विदेशमा बसेपछि “नेपालमै केही गरौँ” भन्ने उद्देश्यसहित बाणगंगा–७ मोतिपुरका दाजुभाइ– रामु पन्थी र लक्ष्मण पन्थीले संयुक्त रूपमा उक्त इन्टेरियर सेवा केन्द्र सञ्चालनमा ल्याएका हुन्।

उद्घाटन समारोहका अतिथि कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश क्षेत्रीले स्थानिय युवा उद्यमशीलताको प्रशंसा गर्दै यस्तो प्रकारको सेवा बाणगंगा क्षेत्रमा आवश्यक भएकाे बताउनुभयो।

पसलका संचालक लक्ष्मण पन्थीले साझाडायरीसँग कुरा गर्दै इन्टेरियरसम्बन्धी सबै प्रकारका काम दक्ष मिस्त्रीद्वारा गराइने जानकारी दिनुभयो।जय श्री इन्टेरियर्समा फल्सिलिङ, पीभीसी सिलिङ, जिप्सन टायल, वालपेपर लगायत सबै प्रकारका इन्टेरियर सेवाहरू उपलब्ध छन्। साथै, थोक तथा खुद्रा दुवै प्रकारका सामग्रीको विक्री पनि गरिनेछ।

विदेशिएको अनुभव, स्थानीय बजारको माग र क्षेत्रीय आवश्यकता बुझेर सुरु गरिएको यस इन्टेरियर केन्द्रले बाणगंगा र आसपासका क्षेत्रमा आधुनिक इन्टेरियर सेवालाई सहज, सहज उपलब्ध र विश्वासिलो बनाउने अपेक्षा गरिएको छ।