राहुकाल
दिउँसो ३ बजेर ४७ मिनेटदेखि बेलुकी ५ बजेर ६ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहूर्त
बिहान ४ बजेर ५९ मिनेटदेखि बिहान ५ बजेर ४७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
कर्म प्राप्तिका लागि लामो दूरीको यात्रा हुनेछ । विदेशी सामानको व्यापार वा विदेशमा बसेर काम गर्नेहरूका लागि समय अनुकूल रहनेछ । किनमेल, खानपान र भेटघाटमा समय बित्नेछ । अध्ययनमा विद्यार्थीहरूले राम्रो सफलता हात पार्नेछन् । खेलकुद क्षेत्रमा कार्यरत व्यक्तिका लागि पनि शुभ समय रहनेछ । तर नियमविपरीत काम नगर्नुहोला, समस्या आउन सक्छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
पढाइमा मन जानेछ र सफलता प्राप्त हुनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउनेछ । इच्छा–आकांक्षा पूरा हुन सक्छ । खनिज तथा तरल पदार्थ सम्बन्धी व्यापार फस्टाउनेछ । आर्थिक अवस्था मजबुत हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट राम्रो आम्दानी मिळ्नेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
राजनीति तथा समाजसेवामा जनताको साथ रहनेछ । कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ । पढाइमा उल्लेख्य प्रगति हुनेछ । प्राविधिक क्षेत्रमा समय खर्च गर्नेहरूले राम्रो नतिजा पाउनेछन् । कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ । खेल क्षेत्रसँग जोडिएका व्यक्तिका लागि समय उत्तम छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
भाग्यबल उच्च रहनेछ । धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ । सानो प्रयासमै उपलब्धिमूलक काम हुनेछ । राज्यसम्बन्धी क्षेत्रमा काम गर्नेहरूले आर्थिक लाभ पाउनेछन् । नयाँ काम पाउने र बढुवाको सम्भावना छ । शेयर बजारमा गरिएको लगानी लाभदायक हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
व्यापारमा लगानी गर्न हतार नगर्नुहोस् । ऋण तथा संकटको सम्भावना छ । मन परेको मानिस टाढिन सक्छ । दिदी–बहिनी तथा आफन्तसँग मनमुटाव हुन सक्छ । पढाइमा कडा मेहनत आवश्यक हुनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
व्यापार फस्टाउनेछ र आर्थिक रूपमा सबल बनिनेछ । लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । पढाइमा सुधार हुनेछ । पारिवारिक जमघट र स्वादिष्ट भोजनको अवसर मिल्नेछ । नयाँ ठाउँमा नियुक्ति वा बढुवाको सम्भावना छ । प्रेममा नजिकिने समय छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
प्रेममा सामिप्यता बढ्नेछ । प्रतिस्पर्धामा उत्कृष्ट नतिजा आउनेछ । टुटेका सम्बन्ध सुधारिनेछन् । व्यापार व्यवसाय फस्टाउनेछ । सरकारी सप्लाई कार्यबाट राम्रो आम्दानी हुनेछ । आर्थिक तथा पुँजी बजारमा लगानी लाभदायक रहनेछ । पुराना रोग तथा ऋणबाट मुक्ति पाउने समय छ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
निरन्तर परिश्रमले मनग्गे लाभ मिल्नेछ । बौद्धिक तथा वित्तीय क्षेत्रमा फाइदा हुनेछ । सिर्जनात्मक क्षेत्रमा नाम–दाम कमाइनेछ । प्रेममा नजिकिने र उपहार पाउने समय छ । पारिवारिक सम्बन्ध मजबुत बन्नेछ । वंशवृद्धिको योग पनि रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
राजनीति तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । शेयर बजार तथा वित्तीय लगानीबाट राम्रो प्रतिफल मिल्नेछ । मन पर्ने व्यक्तिसँग रमाइलो यात्रा हुनेछ । आमातर्फबाट सहयोग पाइनेछ । पुरानो सवारी साधन परिवर्तन गर्ने योग छ । तर स्वास्थ्यमा सामान्य समस्या देखा परे अध्ययनमा असर पर्न सक्छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
नयाँ कामबाट राम्रो आम्दानी हुनेछ । साथीभाइको सहयोग मिल्नेछ । उद्योग तथा रचनात्मक क्षेत्रमा प्रगति हुनेछ । रोकिएका काम अघि बढ्नेछन् । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका इच्छा–आकांक्षा पूरा गर्न सकिनेछ । लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
साहित्य तथा कलाकारिता क्षेत्रमा सफलताको योग छ । बोलेर गर्ने पेशामा राम्रो परिणाम मिल्नेछ । पारिवारिक माहौल सुखद रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ । लगानीबाट मनग्गे आम्दानी हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
समाजसेवामा सक्रिय भएर नाम कमाइनेछ । प्रेममा विश्वास बढ्नेछ । आत्मविश्वास वृद्धि भएर पराक्रमी काम गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी लाभदायक हुनेछ । नयाँ प्रविधिको प्रयोगबाट व्यवसाय फस्टाउनेछ । पुरानो रकम उठ्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।