राहुकाल
बिहान ९ बजेर १४ मिनेटदेखि बिहान १० बजेर ३२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त
बिहान ४ बजेर ५९ मिनेटदेखि बिहान ५ बजेर ४७ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, छो, ला, लि, लू, ले, लो, अ)
माया–प्रेममा सामिप्यता बढ्ने तथा पति–पत्नीबीचको सम्बन्धमा सुधार हुनेछ । दाजुभाइको आर्थिक सहयोगले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरू पूरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । व्यापार–व्यवसायमा लगानीबाट मनग्गे आम्दानी हुनेछ । यात्रा तथा मनोरञ्जनमा समय बित्नेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्नेछ । मान–सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । प्रियजनसँग नजिक हुने समय छ । खाद्यान्न, निर्माण सामग्री तथा अटो–पार्ट्सको व्यापारमा वृद्धि हुनेछ । विवादित विषयहरू समाधान हुनेछन् । पारिवारिक जमघटमा मिष्ठान्न भोजनको आनन्द लिन सकिनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
राम्रा तथा परिणाममुखी कामले अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हट्नेछ । खोज तथा अनुसन्धानमा समय लगानी गर्नेहरू सफल हुनेछन् । धार्मिक तथा शैक्षिक यात्राको सम्भावना छ । प्रेममा नजिकिएर भावना साटासाट गर्न सकिनेछ । खेलकुद क्षेत्रमा संलग्नहरूका लागि समय शुभ छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
व्यवसायमा समय खर्चिए पनि आम्दानी कम हुनेछ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला, दुर्घटना सम्भावना छ । प्रेममा दूरी बढ्ने संकेत छ । दिदी–बहिनी वा परिवारसँग मनमुटाव हुन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । साँझपख धार्मिक तथा शैक्षिक यात्रा हुने योग छ ।

सिंह (मा, मी, moo, मे, मो, टा, टी, टु, टे)
माया–प्रेममा नजिकिने मौका छ । रमाइलो यात्राको तय गर्न सकिन्छ । बिलासी सामानको प्रयोगले ध्यान आकर्षित गर्न सकिनेछ । व्यापारमा अपेक्षित आम्दानी हुनेछ । परिवारसँग रमाइलो जमघट हुनेछ । साँझपख यात्रा गर्दा सावधानी अपनाउनुहोला ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
प्रतिस्पर्धामा विजयको योग छ । ऋण तथा रोगबाट मुक्ति मिल्नेछ । अध्ययनमा राम्रो परिणाम प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेका लागि दिन शुभ छ । व्यापारमा गरिने लगानीबाट भविष्यमा राम्रो नाफा हुनेछ । खेल क्षेत्रमा सफलता मिल्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
राम्रा कामले अरूको विश्वास जित्न सकिनेछ । नयाँ प्रविधिको प्रयोगले आम्दानीका स्रोत बढ्नेछन् । प्रतिस्पर्धामा सफलता मिल्नेछ । आफन्त तथा मामा पक्षबाट सहयोग प्राप्त हुनेछ । खर्च बढे पनि कामहरू सफलतापूर्वक अगाडि बढ्नेछन् ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
घरेलु समस्या बढ्न सक्छ । आमाको स्वास्थ्यमा खराबी देखिन सक्छ । साथीभाइले अवरोध पुर्याउन सक्छन् । पढाइ सुस्त गतिमा अघि बढ्नेछ । प्रेममा सामान्य मनमुटाव हुन सक्छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाउनेछ । खेल क्षेत्रमा लागेका व्यक्तिका लागि समय शुभ छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
आट, साहस र पराक्रममा वृद्धि हुनेछ । सामाजिक सञ्जालमार्फत आफ्ना विचार जनमानसमा पुर्‍याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो छ । छोटो रमाइलो यात्रा हुनेछ । औद्योगिक तथा खेल क्षेत्रमा लगानी गर्नेका लागि उत्तम समय छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
व्यापारमा लगानी बढाएर आर्थिक क्षेत्र मजबुत बनाउन सकिनेछ । पहिलेका लगानी उठ्नेछन् । आफन्तसँगको सम्बन्धमा सुधार हुनेछ । जमघटमा मिष्ठान्न भोजनको आनन्द लिन सकिनेछ । होटल तथा खानपान व्यापारमा नाफा हुनेछ । समस्याहरू सरलतरिकाले समाधान हुनेछन् ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
आफन्त तथा शुभचिन्तकको साथ पाइनेछ । कार्यक्षेत्रमा लोकप्रियता बढ्नेछ । अवसरहरू बढ्नेछन् । अध्ययनमा राम्रो प्रगति हुनेछ । प्रेममा नजिकिने तथा सम्बन्ध मजबुत हुने समय छ । खेलकुद क्षेत्र वा संस्थामा कार्यरतहरूका लागि समय शुभ छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
कानुनको पालना नगर्दा समस्या आउन सक्छ, सावधान रहनुहोला । प्रेममा दूरी बढ्ने सम्भावना छ । यात्रामा खर्च बढ्न सक्छ । वैदेशिक यात्राको योग छ । विदेशमा अध्ययन तथा काम गर्नेहरूका लागि दिन संतोषजनक रहनेछ । खेल क्षेत्रमा संलग्नहरूको लागि समय शुभ छ ।

तपाईँको दिन शुभ रहोस् ।