अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–१ एक्लेभिरमा आज बिहान लु १ ज ४९१५ नम्बरको फोर्स जिप दुर्घटना भएको छ।

छत्रदेव गाउँपालिकाबाट बुटवलतर्फ छुटेको उक्त जिप अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार तीन जनामध्ये दुई जना घाइते र एक जना सकुशल रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको नरपानी प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक सूर्य प्रसाद भट्टराईले जानकारी दिएका छन्।